e16Sunday411006

nepal ko lagi eps

sf7df8f}+ . g]kfnnfO{ >d ;"rLsf] sf]6f k|bfg ug{ sf]l/og >ddGqL ;fª ;’ nLsf] g]t[Tjdf !$ ;b:oLo e|d0f bn zlgjf/ g]kfn cfOk’u]sf] 5 . g]kfn ;/sf/sf] lgdGq0ffdf zlgjf/ g]kfn cfPsf] >d dGqL nL;lxtsf] e|d0f bndf g];gn P;]DAnLsf b’O{ ;b:o, >d dGqfnosf cGo pRr :t/sf sd{rf/L /x]sf 5g\ .

e|d0fsf] p2]Zosf af/] g]kfn k|:yfg ug{’cl3 sf]l/og kqsf/nfO{ hfgsf/L lbFb} >ddGqL nLn] cfkm\gf] d’Vo p2]Zo b’O{ b]zjLrsf] >d ;xsfo{ k|jGwg ug]{ / kf/:kl/s ;DaGw cem dha’t ug]{ atfpg’ ePsf] ToxfFaf6 kqsf/ /fKs] nfdfn] vf]htnf;nfO{ atfpg’ eof] . sf]l/og >ddGqL nLn] k|wfgdGqL lul/hf k|;fb sf]O/fnf, ;efd’v ;’jf; g]jfª / >d/fHodGqL /d]z n]vs;Fu 5′§f5′§} e]63f6 ug]{ sfo{qmd ldnfOPsf] >d dGqfnon] hgfPsf] 5 .

s]xL ;do cuf8L g]kfnsf >d/fHodGqL /d]z n]vs, oftfoftdGqL uf]kfndfg >]i7, >d;lrj Zofd d}gfnL sf]l/of k’uL g]kfnnfO{ >d sf]6f lbg cfu|x ug’{ ePsf] lyof] eg] g]kfnn] ;a} k|s[of k"/f u/] >d ;"rLdf /fVg] (EPS=Employment Permit System) atfp+b} cfPsf] sf]l/of ;/sf/n] o; k6ssf] g]kfn e|d0faf6 g]kfnnfO{ >d ;"rLdf /fVg] k|foM lglZrt ePsf] 5 .

g]kfnnfO{ o;}jif{b]lv >d ;"rLdf /fVg] af/] s] eO/x]sf] 5 t eGg] lh1f;fdf >d;lrj Zofd d}gfnL eGg’x'G5  …xfdLn] sf]l/ofn] eg]sf ;a} k|lqmof k"/f u/]sf 5f}+, xfdLn] cjZo OkLP; kfpg] 5f}+ . To;sf nflu cfzf ug{ ;lsG5 .Ú

blIf0f sf]l/ofdf /x]sf ljleGg dhb’/ o’lgogx?n] …OkLP; xf]Og, js{ k/ld6 nfu" u/Ú eGb} cfPklg g]kfnn] OkLP; kfPdf cfZro{ dfGg’ kb}{g .

e17Friday322507

कोरियाम १ रहश्यमय मिर्तु

हिजो २००७-१ २५ का दिन  साउथ् कोरिया को अन्सान्  स्टेसन् म  क्  रश्यमय्  लास्  समान्य   बेग्  मा   स्टेसन् को टोइलेट् मा   राखियको  मिर्तक् लास् लाइ कोरिय पोलिश् ले  खोजत्लाश् गर्दै  गरेको  कुरा   कोरिया  समाचार् ले  जनायको छ  !

e127Saturday171407

kasti  houli  kurta................

kasti  houli  kurta................

kasti hoili kurta…….

http://www.youtube.com/watch?v=W240RrEZ-FU

e115Saturday164405

सरकार सातदल तथा माओवादी विच सहमति कायम

हामीलाई  कार्तिक २१ गते १२ वजे मध्यरात (Nepali time )भर्खर प्राप्त समाचार अनुसार माओवादी र सरकार तथा सातदल विच सहमति कायम भई प्रधानमन्त्री सहित आठैदलका नेताहरुले सयुक्त हस्ताक्षर गरेका छन । आज भएको सहमति १५ वुदेमा विभक्त गरिएको छ ।सहमतिमा मुख्य रुपमा निम्नाअनुसार रहेका छन ।
 

नेपाली जनताले २००७ साल पहिलेदेखि हालसम्म पटक-पटक गर्दै आएका ऐतिहासिक संर्घष्ा र जनआन्दोलनमार्फ लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै, सात राजनीतिक दल र नेकपा -माओवादी) बीच सम्पन्न १२ बु“दे समझदारी, ८ बु“दे सहमति र २५ बु“दे आचारसंहिता लगायत नेपाल सरकार र नेकपा -माओवादी) बीच सम्पन्न सबै सम्झौता, सहमति, आचारसंहिता र संयुक्त राष्ट्रसंघलाई प्रेषित समान धारणाको पत्राचारप्रति पूण् प्रतिबद्धताको पुनर्पुष्टि गर्दै, देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्याहरूलाई समाधान गर्दै राज्यको अग्रगामी पुनर्संरचना गर्नुपर्ने संकल्प गर्दै, प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, पूण् प्रेस स्वतन्त्रता तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यताप्रतिको पूण् प्रतिबद्धतालाई दोहोर्‍याउ“दै, नेपाली जनताको भयमुक्त वातावरणमा संविधानसभाको निर्वाचनमा सहभागी हुन पाउने आधारभूत अधिकारको प्रत्याभूति गर्दै, लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिक-सामाजिक परिवर्तन तथा देशको स्वतन्त्रता, अखण्डता, र्सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राख्दै २०६४ साल जेठ महिनाभित्र स्वतन्त्र र निष्पक्ष रूपले संविधान सभाको निर्वाचन सम्पन्न गर्ने दुबै पक्षको प्रतिबद्धतालाई कार्यान्वयन गर्न आज मिति २०६३ साल कात्तिक २२ गते सात दल र नेकपा -माओवादी) का शीष् नेताहरूको बैठकबाट निम्न लिखित निर्ण्र्ारू भएका छन् ।
१. विगतका सहमतिहरूको कार्यान्वयन सम्बन्धमा
-क) विगतमा गरिएका सबै समझदारी, सहमति र आचारसंहितालाई पूण्रूपले, इमान्दारितापूवक र कडाइका साथ कार्यान्वयन गर्ने गराउने ।
-ख) विगतमा राज्य र माओवादी दुबै पक्षबाट बेपत्ता पारिएका भनिएका नागरिकहरूको सम्बन्धमा छानबिन गरी स्थिति र्सार्वजनिक गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने ।
-ग) कब्जा गरिएका घरजग्गा सम्पत्ति फिर्ता गर्ने कार्यलाई तीव्रता दिने । विस्थापितहरू घर फर्किने वातावरणको सुनिश्चितता गर्ने । यस निम्ति जिल्ला-जिल्लामा दुबैपक्ष सम्मिलित समिति गठन गर्ने ।
यी सबै कार्यलाई एक महिनाभित्र पूण्ता दिने ।
-घ) राज्य र नेकपा -माओवादी) द्वारा
राजनीतिक नेता तथा कार्यकर्ताहरूमाथि लगाइएका सबै आरोप र अभियोगहरू फिर्ता भएको र्सार्वजनिक घोषणा गर्ने र दुबैतर्फा राजनीतिक बन्दीहरूलाई तुरून्त रिहा गर्ने ।
२. सेना र हतियार व्यवस्थापन सम्बन्धमा संविधानसभाको निर्वाचनलाई शान्तिपूण्, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न र सेनाको लोकतान्त्रीकरण तथा पुनर्संरचना गर्न विगतमा भएका बाह्र बु“दे समझदारी, आठ बु“दे सहमति, २५ बु“दे आचारसंहिता र संयुक्त राष्ट्रसंघलाई पठाइएको पा“च बु“दे पत्रको भावनाअनुरूप निम्न कामहरू गर्ने ः
माओवादी सेनाको सम्बन्धमा ः
१. २०६३ साल साउन २४ गते नेपाल सरकार र नेकपा -माओवादी) को तर्फाट संयुक्त राष्ट्रसंघलाई पठाइएको पत्रमा व्यक्त प्र तिबद्धताअनुसार माओवादी सेनाका लडाकुहरू निम्नलिखित स्थानहरूमा अस्थायी
शिविरहरूमा सीमित रहने । संयुक्त राष्ट्रसंघद्वारा उनीहरूको प्रमाणीकरण र अनुगमन गर्ने ।
मुख्य शिविरहरू निम्न स्थानहरूमा रहने छन् ः
१. कैलाली, २. सुर्खेत ३. रोल्पा, ४. पाल्पा, ५. काभ्रे ६. सिन्धुली, ७. इलाम । मुख्य शिविरहरू वरिपरि ३/३
वटाका दरले सहायक शिविरहरू रहने छन् ।
२. माओवादी सेनाका लडाकुहरू शिविरमा रहेपछि शिविरको सुरक्षार्थ चाहिने हातहतियार र गोलीगठ्ठा बाहेक अन्य सबै हतियारहरू शिविरभित्रै सुरक्षित भण्डारण गर्ने र एकल ताल्चा लगाई चाबी सम्बन्धित पक्षले नै राख्ने । सो ताल्चा लगाउने प्रक्रियामा संयुक्त राष्ट्रसंघको निगरानीका लागि उसको रेकर्ड, साइरनसहितको संयन्त्र सम्मिलित गर्ने । भण्डारण गरिएका हातहतियारहरूको आवश्यक जा“च गर्नु पर्दा
संयुक्त राष्ट्रसंघले सम्बन्धित पक्षको रोहवरमा गर्ने ।
क्यामरा अनुगमन लगायत यस सम्बन्धका अन्य विस्तृत प्राविधिक विवरण संयुक्त राष्ट्रसंघ, नेकपा -माओवादी) र नेपाल सरकारका सहमतिले तयार गर्ने ।
३. माओवादी सेनाका लडाकुहरू अस्थायी शिविरमा बसिसकेपछि उनीहरूको रसदपानीलगायत अन्य आवश्यक व्यवस्था नेपाल सरकारले गर्ने ।
४. माओ वादी से नाका लडाकुहरूको रेखदेख, समायोजन र पुनर्स्थापना निम्ति अन्तरिम मन्त्रिपरिषद्ले
विशेष कमिटी बनाएर काम गर्ने ।
५. माओवादी नेताहरूको सुरक्षा व्यवस्था सरकारस“गको सहमतिले गर्ने ।
नेपाली सेनाको सम्बन्धमा ः
६. संयुक्त राष्ट्रसंघलाई प्रेषित पत्रमा व्यक्त प्रतिबद्धताअनुसार नेपाली सेना ब्यारेकभित्र सीमित रहने । उसका हातहतियारहरू कसैको पनि पक्ष या विपक्षमा प्रयोग नहुने कुराको प्रत्याभूति गर्ने । माओवादी सेनाका तर्फाट भण्डारण भएका हतियारको बराबरी संख्यामा नेपाली सेनाले पनि आफ्ना हतियारहरू सुरक्षित भण्डारण गर्ने र एकल ताल्चा लगाई चाबी सम्बन्धितपक्षले नै राख्ने । सो ताल्चा लगाउने प्रक्रियामा संयुक्त राष्ट्रसंघको निगरानीको लागि उसको रेकर्ड, साइरनसहितको संयन्त्र सम्मिलित गर्ने ।
भण्डारण गरिएका हातहतियारहरूको आवश्यक जाच गर्नुपर्दा संयुक्त राष्ट्रसंघले सम्बन्धित पक्षको रोहवरमा
गर्ने । क्यामरा अनुगमनलगायत यस सम्बन्धका अन्य विस्तृत प्राविधिक विवरण संयुक्त राष्टूसंघ, नेपाल
सरकार र नेकपा -माओवादीको सहमतिले तयार गर्ने ।
७. नेपाली सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन नया“ सैनिक ऐनबमोजिम मन्त्रिपरिषद्ले गर्ने । अन्तरिम मन्त्रिपरिषद्ले राजनीतिक सहमति र अन्तरिम व्यवस्थापिकाको सम्बन्धित समितिसमेतको सुझाव लिएर नेपाली सेनाको लोकतान्त्रिकरणको विस्तृत कार्ययोजना तर्जुमा र कार्यान्वयन गर्ने । यसअर्न्तर्गत नेपाली सेनाको उपयुक्त संख्या, लोकतान्त्रिक संरचना, राष्ट्रिय र समावेशी चरित्र निर्माण गर्दै लोकतन्त्र र मानवअधिकारको मूल्यद्वारा सेनालाई प्रशिक्षित गर्नेलगायतका कामहरू गर्ने ।
८. नेपाली सेनाले गर्दै आएका सीमा सु रक्षा, आरक्ष, निकुञ्ज, बैंक, विमानस्थल, विद्युतगृह, टेलिफोन टावर, केन्द्रीय सचिवालय, विशिष्ट व्यक्तिहरूको सुरक्षा लगायतका कामहरूलाई निरन्तरता दिने ।
३. अन्तरिम संविधानको विषयवस्तुबारे
१. अन्तरिम संविधानबारे
-क) अन्तरिम संविधान मस्यौदा समितिद्वारा प्रस्तुत अन्तरिम संविधानलाई आज भएका सहमतिका आधारमा पूण्ता दिने ।
-ख) पुनर्स्थापित प्रतिनिधिसभाद्वारा अन्तरिम संविधान जारी गरिनेछ र नवगठित अन्तरिम विधायिकाले उक्त संविधानलाई अनुमोदन गर्नेछ ।
२. राजतन्त्रबारे
-क) मुलुकको शासन व्यवस्था सम्बन्धी कुनै पनि अधिकार राजामा रहने छैन ।
-ख) स्वर्गीय राजा वीरेन्द्र, रानी ऐर्श्वर्य र निजहरूका परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई
ट्रष्ट बनाएर ट्रष्ट हितमा प्रयोग गर्ने ।
-ग) राजाका हैसियतले राजा ज्ञानेन्द्रलाई प्राप्त भएका सबै सम्पत्तिहरू -जस्तै ः विभिन्न स्थानका दरबारहरू, वन तथा निकुञ्जहरू, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरू आदि) राष्ट्रियकरण गर्ने ।
-घ) राजसंस्था कायम राख्ने वा नराख्नेबारे
संविधानसभाको पहिलो बैठकद्वारा साधारण बहुमतले टुंगो लगाउने ।
३. अन्तरिम व्यवस्थापिका संसद बारे
-क) अन्तरिम व्यवस्थापिका निम्न प्रकार एक सदनात्मक संसद हुनेछ ः
-अ) सात राजनीतिक दल र अन्य दलका हाल
प्रतिनिधिसभा र राष्टिय सभाका निर्वाचित सदस्यहरू समेत गरी २०९ जना -जनआन्दोलनको विपक्षमा रहेकाहरू बाहेक) । संयुक्त बाम मोर्चाको वर्तमान संसदमा प्रतिनिधि नभएको हु“दा सहमतिका आधारमा मनोनयन गरिने ।
-आ) नेकपा -माओवादी) को तर्फाट ७३ जना र्
र्-इ) जनवर्गीय तथा पेशागत संगठन, उत्पीडित
जाति तथा क्षेत्रका प्रतिनिधिहरू र राजनीतिक
व्यक्तित्वहरूबाट ४८ जना -सहमतिको आधारमा मनोनीत गर्ने)
कुल संख्या ३३०
तर जनआन्दोलनको विपक्षमा रहेकाहरूका अन्तरिम
व्यवस्थापिकामा रहने छैनन् ।
ख) अन्तरिम व्यवस्थापिकाको गठन भएपश्चात पुनःस्थापित प्रतिनिधिसभा र राष्ट्रिय सभा भंग हुने
ग) अन्तरिम व्यवस्थापिका-संसद् गठन भएको दिनदेखि नेकपा -माओवादी) को नेतृत्वमा रह“दै आएका जनसरकार, जनअदालत लगायतका सत्तासम्बद्ध सबै निकाय भं ग हुने ।
घ) अन्तरिम व्यवस्थापिका राजनीतिक सहमतिका आधारमा सञ्चालन गर्ने ।
४. अन्तरिम सरकारबारे
क) सहमतिका आधारमा अन्तरिम मन्त्रिपरिषद् गठन गर्ने ।
ख) अन्तरिम मन्त्रिपरिषद्को संरचना र कार्यविभाजन आपसी सहमतिबाट तय गर्ने ।
ग) अन्तरिम सरकारको सञ्चालन संयुक्त जनआन्दोलनको भावना, राजनीतिक सहमति र सहकार्यको संस्कृति अनुरूप गर्ने ।
५. न्यायपालिकाबारे
क) स्वतन्त्र न्यायपालिकाको अवधारणा र मूल्य मान्यतालाई अनुसरण गर्ने ।
ख) न्यायपालिकालाई जनआन्दोलनको भावना, लोकतन्त्र र अन्तरिम संविधानप्रति प्रतिबद्ध बनाउने ।
ग) संविधानसभासम्बन्धी विवादहरूको निरूपण गर्न
संवैधानिक अदालतको गठन गर्ने ।
६. संवैधानिक अंगहरूबारे
क) प्रधानमन्त्री, प्रधानन्यायाधीश र अन्तरिम व्यवस्थापिकाका सभामुखसहितको नया“ संवैधानिक परिषद्को व्यवस्था गरे र यसमार्फत संवैधानिक अंगहरूको नियुक्ति लगायतका विषयहरूमा सिफारिस गर्ने व्यवस्था मिलाउने । नियुक्तिहरू गर्दा निश्चित मापदण्डलाई आधार बनाउने ।
ख) सहमतिको आधारमा निर्वाचन आयोगलाई पूण्ता दिने ।
७. स्थानीय निकायहरूबारे
क) सात दल र नेकपा -माओवादी) को सहमतिले जिल्ला, नगर र गाउ“स्तरमा अन्तरिम स्थानीय निकाय
गठन गर्ने ।
८. नागरिकता समस्या सम्बन्धमा
क) संविधानसभाको निर्वाचनअगावै नागरिकताबाट वञ्चित सबै नेपाली नागरिकहरूलाई नागरिकताको
प्रमाणपत्र वितरण गर्ने ।
ख) २०४६ साल चैत्र मसान्तलाई आधार वर्षमानी त्यसभन्दा अगाडि नेपालमा जन्म भई निरन्तर स्थायी बसोबास गर्दै आएका सबै नेपाली नागरिकहरूलाई सरल ढंगले नागरिकताको प्रमाणपत्र वितरण गर्ने व्यस्था गर्ने ।
ग) नागरिकता प्राप्तिसम्बन्धी अन्य व्यवस्था कानुनमा उल्लेख भएबमोजिम हुने ।
९. संविधानसभा निर्वाचन सम्बन्धमा
क) आगामी २०६४ जेठभित्र संविधानसभाको निर्वाचन सम्पन्न गर्ने गरी मिति तय गर्न अन्तरिम मन्त्रिपरिषद्लाई अधिकार प्रदान गर्ने ।
ख) संविधानसभाको निर्वाचन मिश्रति प्रणालीको आधारमा गर्ने । २०५ सदस्य उम्मेदवारलाई मत दिने ‘पहिलो हुने निर्वाचित हुने’ प्रणालीअनुसार र २०४ सदस्य पार्टर्ीीई मत दिने समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुने । यस सम्बन्धमा निर्वाचन आयोगस“ग छलफल गरेर कानुन बनाउने ।
ग) दलहरूले उम्मे दवारहरूको सूचीकृत गर्दा उत्पीडित जाति, क्षेत्र, मधेसी, महिला, दलित लगायत अन्य वर्गसमेतको समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने ।
घ) राष्ट्रिय जीवनका महइभ्वपूण् व्यक्तिहरूमध्येबाट सहमतिका आधारमा अन्तरिम मन्त्रिपरिषदबाट मनोनीत हुने १६ जना ।
ङ) संविधानसभाको कुल संख्या ४२५ कायम गर्ने ।
च) अन्तरिम संविधान जारी हु“दाका बखत १८ वर्षपुगेका नेपाली नागरिक मतदाता हुने ।
छ) संविधानसभाको निर्वाचनको अनुगमन संयुक्त राष्ट्रसंघद्वारा गराउने ।
१०. राज्यको ढा“चाबारे
-क) वर्गीय, जातीय, भाषिक, लैङ्गकि, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्न राज्यको वर्तमान केन्द्रीकृत र एकात्मक ढा“चाको अन्त्य गरी राज्यको समावेशी, लोकतान्त्रिक र अग्रगामी पर्ुनर्संरचना गर्ने ।
-ख) राज्यको पुनर्संरचनाका लागि सुझाव दिन एक उच्चस्तरीय आयोगको गठन गर्ने ।
-ग) राज्यको पुनर्संरचनाको अन्तिम टुंगो संविधानसभाले लगाउने ।
११. आर्थिक-सामाजिक रूपान्तरणबारे निर्देशक सिद्धान्तहरू
-क) सामन्तवादका सबै रूपहरूको अन्त्य गर्ने आर्थिक-सामाजिक रूपान्तरणको न्यूनतम साझा कार्यक्रम आपसी सहमतिले तय गरेर लागू गर्दै जाने ।
-ख) सामन्ती भूस्वामित्वको अन्त्य गर्दै वैज्ञानिक भूमिसुधार कार्यक्रम लागू गर्ने नीति तय गर्ने ।
-ग) राष्ट्रिय उद्योगधन्दा र साधनस्रोतको संरक्षण र प्रवर्धन गर्ने नीति अनुसरण गर्ने ।
-घ) शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र खाद्य सुरक्षामा सबै नागरिकको अधिकार स्थापित गर्ने नीति लिने ।
-ङ) सुकुम्बासी, कमैया, हलिया, हरवाचरवा लगायतका आर्थिक-सामाजिक रूपले पछाडि परेका वर्गलाई जग्गालगायत आर्थिक-सामाजिक सुरक्षाको व्यवस्था गर्ने नीति लिने ।
-च) सरकारी लाभको पदमा रहेर भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्नेहरूउपर कडा कारबाही गरी दण्डित गर्ने नीति लिने ।
-छ) देशको आर्थिक सामाजिक रूपान्तरण एवं न्यायका साथै देशलाई छिटो समुन्नत र आर्थिक रूपले समृद्धशाली बनाउन एक साझा विकास अवधारणा निर्माण गर्ने ।
-ज) श्रमिकका पेसागत अधिकारको सुनिश्चितता गर्दै उद्योगधन्दा, व्यापार, निर्यात प्रबर्द्धन आदिको लागि लगानी गरी रोजगारी एवं आयआर्जनका अवसरहरूको व्यापक वृद्धि गर्ने नीतिअनुसरण गर्ने ।
४. द्वन्द्वपीडितहरूको व्यवस्थापन सम्बन्धमा
१. सशस्त्र द्वन्द्वको क्रममा मारिएकाहरूको परिवारलाई तथा यस क्रममा घाइते भई अपांग र अशक्त भएकाहरूलाई उचित राहत, सम्मान तथा पुनःस्थापनाको व्यवस्था गर्ने ।
२. छानबिन आयोगको प्रतिवेदनको आधारमा बेपत्ता भएकाहरूको पीडित परिवारलाई राहत उपलब्ध गराउने ।
३. सशस्त्र द्वन्द्वको क्रममा विस्थापितहरूको पुनःस्थापना गर्न, नष्ट भएका निजी तथा र्सार्वजनिक सम्पत्तिहरूको हकमा राहत प्रदान गर्न तथा ध्वस्त संरचनाहरूको पुनर्निर्माण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने ।
४. सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवताविरूद्धको अपराधमा संलग्नहरूको बारेमा सत्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न आपसी सहमतिबाट उच्चस्तरीय सत्यनिरूपण तथा मेलमिलाप आयोगको गठन गर्ने ।
५. विविध
१. सबै सहमति र सम्झौताहरूको कार्यान्वयन भए नभएको अनुगमन गर्न सहमतिले एक उच्चस्तरीय संयुक्त अनुगमन समिति गठन गर्ने ।
२. आचारसंहिता, समझदारी-सहमति, सम्झौता तथा कानुनविपरीतका गतिविधि एवं कामकारबाही गर्ने जोकसैलाई पनि सरकारले कारबाही गरी दण्डित गर्नेछ ।
३. गणतन्त्र, आर्थिक-सामाजिक रूपान्तरण, जनमतसंग्रह, निर्वाचन प्रणालीलगायत अहिले साझा सहमति कायम हुन नसकेका विषयहरूमा पार्टर्ीी संविधानसभाको निर्वाचनको क्रममा आआफ्ना नीति र मतअनुसार प्रस्तुत हुन स्वतन्त्र हुनेछन् ।
६. समय तालिका
१. नेपाल सरकार र नेकपा -माओवादी) बीच विस्तृत शान्ति सम्झौता २०६३ कात्तिक ३० गतेसम्म गर्ने ।
२. उल्लेखित २-१) बमोजिम २०६३ मंसिर ५ गतेभित्र माओवादी सेनाका लडाकु हरू हातहतियारसहित निर्धारित शिविरमा जम्मा भइसक्ने र हतियार भण्डारण गर्ने । संयुक्त राष्ट्र संघद्वारा उनीहरूको प्रमाणीकरण र अनुगमन गर्ने ।
३. उल्लेखित २-५) बमोजिम २०६३ मंसिर ५
गतेभित्र नेपाली सेना व्यारेकभित्र सीमित रहने, निर्धारित हातहतियार भण्डारण गर्ने र त्यसको अनुगमन संयुक्त राष्ट्र संघले गर्ने ।
४. २०६३ मंसिर ५ गतेभित्र अन्तरिम संविधानलाई पूण्ता दिने ।
५. २०६३ मंसिर १० गतेभित्र अन्तरिम संविधान जारी गर्ने, अन्तरिम व्यवस्थापिकाको गठन गर्ने र प्रतिनिधिसभा र राष्ट्रियसभाको विघटन गर्ने ।
६. २०६३ मंसिर १५ सम्म अन्तरिम मन्त्रिपरिषद्को गठन गर्ने ।
प्रचण्ड गिरिजाप्रसाद कोइराला
अध्यक्ष, नेकपा -माओवादी) प्रधानमन्त्री
तथा सभापति, -नेका)
माधवकुमार नेपाल
महासचिव, नेकपा -एमाले)
शेरबहादुर देउवा
सभापति, नेका -प्रजातान्त्रिक)
अमिक शेरचन
उपप्रधानमन्त्री
तथा अध्यक्ष, जनमोर्चा नेपाल
भरतविमल यादव
उपाध्यक्ष, नेसपा -आ.)
नारायणमान विजुक्छे
अध्यक्ष, नेमकिपा
सीपी मैनाली
अध्यक्ष, संयुक्त वाममोर्चा
२०६३ कात्तिक २२ गते
एमालेको भिन्न मत
माथिका निर्ण्र्ाारूमा अन्य सबै दलहरूको सहमति
भएकाले कार्यान्वयनमा जाने कुरामा सहमत ह“दै हाम्रो
पार्टर्ीीे निम्नबमोजिम भिन्न मत रहेको छ ।
१. राजसंस्था राख्ने वा नराख्ने भन्नेबारेमा
संविधानसभाको निर्वाचनस“गस“गै जनमतसंग्रह गनु पर्छ
भन्ने नेकपा -एमाले) को भिन्न मत रहेको छ ।
२. संविधानसभाको निर्वाचनको निम्ति समानुपातिक
प्रणाली नै अपनाउन सबैभन्दा लोकतान्त्रिक तरिका हुन्छ
भन्ने नेकपा -एमाले) को भिन्न मत रहेको छ ।
माधवकुमार नेपाल
महासचिव
नेकपा -एमाले)

e106Thursday172906

http://www.youtube.com/watch?v=K6GQ612padI


bhai tika ko yad ma

bhai tika ma bhatna  na pauda  didi ko yad  ma

dipawali ko suvakamana sagai

http://www.youtube.com/watch?v=K6GQ612padI

e105Sunday005405

शिखर वार्ता वालुवारमा सुरुवात

वहुप्रतिक्षित शिखर वार्ता वालुवारमा सुरुवात

अडियो अपडेट 3.00 PM Nepali Time      Photos   Click here



(Updated NST 10. Am )इनेपाल न्युज डट कम अशोज २२ आइतवार , वहुप्रतिक्षित शिखरवार्ता आज विहान ९ वजेवाट प्रधानमन्त्री निवास वालुवाटारमा वसिरहेको छ । वालुवाटार प्रधानमन्त्री निवासवाट हाम्रा सहयोगी मोहन मल्लले भर्खर दिएको जानकारी अनुसार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री कोइराला, काग्रेस उपसभापति शुशिल कोइराला,काग्रेस महामन्त्री रामचन्द्र पौडेल तथा नेता अर्जुनरसिंह केसी , प्रजातान्त्रिक काग्रेसका सभापति शेरवहादुर देउवा तथा प्रजातान्त्रिकका विमलेन्द्र निधि र डा मिनेन्द्र रिजाल ९ वजे अगाडि नै प्रधानमन्त्री निवासमा प्रवेश गरिसक्नुभएकोछ । त्यसै गरी,नेकपा एमालेका महासचिव माधव नेपाल झलनाथ खनाल र प्रदिप ज्ञवालीको सहितको टोली पनि यस अधि नै वार्ता स्थलमा प्रवेश गरिसकेको छ ।

त्यसै गरी माओवादीका तर्फाट अध्यक्ष प्रचण्ड सेनामेनाका साथ वालुवाटार प्रधानमन्त्री निवासमा तेश्रो पटक प्रवेश गरेका छन । प्रचण्डका सहयोगीका रुपमा डा . वावुराम भटर्राई, कृष्णवहादुर महरा र राम वहादुर वादल पनि वालुवाटार प्रवेश गरिसकेका छन । माओवादीले कामीडांडा वैठकवाट शिखर वार्ताका लागि १० सदस्यीय शिखर वार्ता टोली यस अगाडि नै गरिसकेको थियो ।

यसै गरी वालुवाटारमा ९ वजे नै प्रवेश गरिसक्नेहरुमा उपप्रधानमन्त्री अमिक शेरचन तथा नेता लिलामणी पोखरेल जनमोर्चाका तर्फवाट, हृदयेश त्रिपाठी र राजेन्द्र महत्तो सद्भावना आनन्द देवीका तर्फाट तथा प्रभु नारायण चौधरी र हेमन्त विसी वाममोर्चावाट त्यसै गरी भक्तपुरका एकल नेता नारायणमान विजुच्छे आफ्ना सहयोगी सुनिल प्रजापति का साथ वालुवाटार प्रवेश गरिसकेका छन ।

यस अगाडि सरकारी वार्ताटोली सदस्यहरु तथा माओवादीका वार्ता टोलीका सदस्यहरु समेत वैठक स्थलमा प्रवेश गरिसकेका छन ।

त्यसैगरी नागरिक समाजका प्रतिनिधिहरु डा. देवेन्द्र राज पाण्डे, अन्तरिम संविधान मसौदा समितिका संयोजक लक्ष्मण अर्याल तथा पद्यरत्न तुलाधर लगायतका केही व्यक्तिहरु वालुवाटार छिरिसकेका छन , अहिले प्रधानमन्त्री निवास भित्र सहभागीहरुको भिड रहेको छ भने वाहिर हजारौको संख्यामा र्सवसाधरणहरुको कुम्भमेला लागिरहेको छ ।

आजको यस शिखरवार्ताले मुलुकमा सदाका लागि शान्ति स्थापना गर्ने लक्षमा एउटा नीति तयार गर्ने छ भन्ने विश्वास आम जनताले लिएका छन । यस अगाडि सरकार र माओवादीका विच पहिलो शिखर वार्ता भैसकेको छ भने सरकारी वार्ता टोली र माओवादी वार्ता टोली तथा नेता नेताका विचमा सयौ पटक छलफल तथा अर्न्तकृया सम्पन्न भैसकेको छ ।

आजको वार्तामा खास गरी माओवादीसंग भएका हतियारहरुको व्यवस्थापन, माओवादीका मिलिसियाहरुलाई व्यवस्थित , राज्यद्धारा राजनैतिक रुपमा विभिन्न समस्याहरुको निराकरण, अन्तरिम सरकारको खाका, अन्तरिम विधानको धोषणा, राजा विरेन्द्रको सम्पत्ति राष्ट्रियकरण गर्ने माओवादीवाट लगातार भैरहेका अपहरण, चन्दा आंतक लगायतका दर्जनौ विषयवस्तुहरुमा निर्णय लिने आशा गरिएको छ । यस सम्वन्धि सूचनाहरुलाई हामीले प्रत्यक्ष अपडेट गर्ने प्रयासमा लागि रहेका छौ कृपया इनेपाल न्यूज डट कम हेर्दै गर्नुहोला ।


 शिखरवार्ता स्थलमा सहभागी हुन आउनुभएका नेपाली काग्रेस प्रजातान्त्रिकका सभापति शेरवहादुर देउवालाई पत्रकारहरु यसरी धेरेका थिए , कार्यक्रम स्थलमा सयौका संख्यामा देशी विदेशी पत्रकारहरुको घुइचो लागिरहेको छ तर पनि वार्ता स्थलमा सरकारी पत्रकारलाई समेत प्रवेश दिइएको छैन ।